इरानलाई ट्रम्पको चेतावनी : मलाई नसोधी नयाँ सर्वोच्च नेता चयन नगर्नू
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन नगर्न इरानलाई चेतावनी दिएका छन् । इरानको नयाँ नेता चयनमा अमेरिकाको भूमिका आवश्यक रहेको जिकिर गर्दै आफूहरूलाई नसोधी छनोट गरिए समयको बर्बादी मात्र हुने धम्की दिएका छन् । एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि इरानले अमेरिकाको संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन गर्छ भने त्यो अर्थहीन हुनेछ ।’
यस क्रममा उनले मारिएका सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनीलाई सम्भावित उत्तराधिकारीको रूपमा हेरिएको कुरा स्वीकार नभएको पनि बताएका छन् । उनले भनेका छन्, ‘यदि नयाँ नेताले पुरानो नेतृत्वको नीतिलाई निरन्तरता दिए भने आगामी वर्षमा अमेरिका र इरानबिच अर्को द्वन्द्व हुन सक्छ ।’ ट्रम्पले अमेरिकाले इरानमा शान्ति र स्थिरता ल्याउन सक्ने नेता चाहेको उल्लेख गरेका छन् । इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ का दिन संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई मारेपछि यो पद खाली छ।
एक्सप्रेस
सम्बन्धित खबर
लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन
काठमाण्डौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । पछिल्लो समय लेबनानको सशस्त्र समूह हिजबुल्लाह र इजरायली सेनाबीच बढ्दै गएको स...
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदी...
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...
इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन
काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी...
राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो
काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दा...


