बिहिबार, ३२ असार २०८३
नेपाली

ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन : अमेरिका-इरान शान्ति सम्झौता अन्योलमा

Main News Image

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति सम्झौता र ६० दिने युद्धविराम थप गर्ने विषयमा ‘अन्तिम निर्णय’ लिन ह्वाइट हाउसको सिचुएसन रुममा बोलाएको उच्चस्तरीय सुरक्षा बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ । राष्ट्रिय सुरक्षा टोलीसँग करिब दुई घण्टासम्म चलेको महत्त्वपूर्ण बैठक सकिए पनि ह्वाइट हाउसले सम्झौता स्वीकृत भएको वा नभएको बारे कुनै आधिकारिक घोषणा नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यसअघि बिहीबार मात्रै दुवै देशले ६० दिनको युद्धविराम विस्तार गर्ने र इरानको आणविक कार्यक्रमको भविष्यबारे औपचारिक वार्ता शुरू गर्ने गरी एउटा समझदारी पत्र एमओयूको मस्यौदा तयार पारेको खबर बाहिरिएको थियो । तर, दुवै देशका शीर्ष नेतृत्वको अन्तिम स्वीकृति नभएसम्म यो केवल एउटा खाका मात्र रहने अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार

काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अनुसार प्रस्तावमा कुनै सैन्य कारबाहीको लागि आह्वान गरिएको थिएन । यो प्रस्ताव बहराइनले पेश गरेको थियो।...

ब्यालेस्टिक मिसाइल प्रक्षेपणपछि विश्वको ध्यान फेरि उत्तर कोरियामा

काठमाण्डौँ । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले केही दिनअघि मात्र प्योङयाङले आणविक हतियार विकास...

खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी

काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ल...

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका वि...

रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्...

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...