वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।
इस्लामाबादमा भएको २१ घण्टे वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि ट्रम्पले यस्तो चेतावनी दिएका बताइएको छ। उनले सामाजिक सञ्जालमार्फत विश्वकै शक्तिशाली अमेरिकी नौसेनाले होर्मुज बन्द गर्ने प्रक्रिया अघि बढाउन सक्ने उल्लेख गरेका छन् । सबै जहाजलाई समान रूपमा आवतजावत गर्न नदिइए अमेरिकाले कडा कदम चाल्ने चेतावनी पनि उनले दिएका छन् ।
होर्मुज क्षेत्रमा इरानको अवरोधका कारण मध्यपूर्वको कच्चा तेलमा निर्भर देशहरूको अर्थतन्त्र प्रभावित भएको बताइएको छ । हाल प्राविधिक रूपमा होर्मुज पूर्ण रूपमा बन्द नभए पनि इरानले शुल्क तिर्ने जहाजलाई मात्रै पार गर्न दिएको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...
इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्च...
नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की
काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो। <...
चन्द्रमाको यात्रा नजिकिँदै : नासाको रकेटमा इन्धन भरेर गरियो सफल परीक्षण
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ। यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्र...
पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
काठमाण्डौँ । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिर...


