अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको द्विपक्षीय भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कूटनीतिक सफलताको पुष्टि गरेका हुन् । ऐतिहासिक मानिएको यस सम्झौताको विस्तृत विवरण आगामी शुक्रबार औपचारिक समारोहपछि सार्वजनिक गरिने उनले बताए ।
“सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको कुरा सुनाउन पाउँदा मलाई निकै खुसी लागेको छ, यो निकै शक्तिशाली दस्ताबेज हो,” राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीहरूसँग भने । अमेरिकी र इरानी वरिष्ठ अधिकारीहरूका अनुसार आगामी शुक्रबार जुन १९ मा स्विट्जरल्याण्डको जेनेभामा यस सम्झौताको औपचारिक हस्ताक्षर समारोह आयोजना हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च डब्ल्यूईएफ २०२६ मा भाग लिन आज स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित व...
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना
काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...
सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि...
हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका...
इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी
काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट नियन्त्रणमा लिइएका झालाई लामो कूटनीतिक प्रयासपछि इरानी पक्षले रिहा गरेको हो । घटनाको पृष्ठभूमि उदयपुरको...
युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु
काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ ।
लेबनानको न...



