भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी ट्रम्पले गरेका छन् ।
यसअघि भेनेजुएलाको सरकारले अमेरिकाले देशका विभिन्न राज्यमा रहेका नागरिक तथा सैनिक प्रतिष्ठानमाथि आक्रमण गरेको आरोप लगाउँदै वाशिङ्टनको ‘सैनिक आक्रामकता’अस्वीकार गरेको थियो । लगातारका आक्रमणपछि राष्ट्रपति मादुरोको सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ। घटनाक्रमपछि अमेरिका–भेनेजुएला सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ ।
अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
पुटिन भन्छन् – युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव
मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुव...
जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा
काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
कुनै...
ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन : अमेरिका-इरान शान्ति सम्झौता अन्योलमा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति सम्झौता र ६० दिने युद्धविराम थप गर्ने विषयमा ‘अन्तिम निर्णय’ लिन ह्वाइट हाउसको सिचुएसन रुममा बोलाएको उच्चस्तरीय सुरक्षा बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ । राष्ट्रिय सुरक...
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान
काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...
इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध ४ दिनपछि बोल्यो नेपाल, के भन्यो ?
काठमाण्डौँ । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल ४ दिनपछि बोलेको छ । यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्याएको थि...


