बिहिबार, २१ साउन २०८३
नेपाली

हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा

Main News Image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय पहल’ का रूपमा व्याख्या गरेका हुन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले मध्यपूर्वको विवादमा संलग्न नभएका विभिन्न मुलुकहरूले आफ्ना जहाज र चालक दलका सदस्यहरूको सुरक्षाका लागि अमेरिकासँग सहयोग मागेको बताएका छन् । 

उनले भनेका छन्, “धेरैजसो जहाजहरूमा खाद्य सामग्री र आधारभूत आवश्यकताको अभाव हुन थालेको छ। इरान, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाको हितलाई ध्यानमा राख्दै हामी ती जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न मार्गदर्शन गर्नेछौँ।” उनले यस प्रक्रियामा कुनै पनि प्रकारको अवरोध सिर्जना गरिए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी समेत दिएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो

काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी...

बिहारमा भाजपा-जेडीयू गठबन्धन दुई तिहाइतर्फ अग्रसर

काठमाडौँ । २०२५ बिहार विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक रूझानले एनडीएले अग्रता लिइरहेको संकेत गर्छ । आज बिहारको सिंहासनको उत्तराधिकारी को हुने भनेर निर्धारण हुनेछ। एनडीए र महागठबन्धन दुई ध्रुवमा छन्, र नि...

इरानलाई ट्रम्पको चेतावनी : मलाई नसोधी नयाँ सर्वोच्च नेता चयन नगर्नू

काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन नगर्न इरानलाई चेतावनी दिएका छन् । इरानको नयाँ नेता चयनमा अमेरिकाको भूमिका आवश्यक रहेको जिकिर गर्दै आफूहरूलाई नसोधी छनोट गरिए समयको बर्बादी मात्र हुने धम्क...

जनआन्दोलनको रापसामु झुक्यो मोदी सरकार : शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा !

काठमाण्डौँ । राष्ट्रिय योग्यता परीक्षाको प्रश्नपत्र लिक प्रकरणले भारतभर विरोधको आँधी सिर्जना गरेपछि अन्ततः नरेन्द्र मोदी नेतृत्वको सरकार जनदबाब सामु झुक्न बाध्य भएको छ । विगत झण्डै एक महिनादेखि विद्यार्थी र युवाहरूले चलाएको निरन्तरको कडा आन्दोलनपछ...

‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा

टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...