इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त
काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट्रम्पले आफ्नै विश्वासपात्र उच्च अधिकारीहरूलाई समेत पदमुक्त गर्न थालेका छन्। द एटलान्टिकका अनुसार अबको निशानामा काश पटेल र तुलसी गबार्ड पर्न सक्ने संकेत गरिएको छ ।
रक्षा मन्त्री पीट हेगसेथले र्यान्डी जर्जलाई अनिवार्य अवकाश लिन निर्देशन दिएका छन् । उनको स्थानमा क्रिस्टोफर ला नेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसैगरी, महान्याधीवक्ता प्याम बन्डीलाई पनि पदबाट हटाइएको जनाइएको छ । ‘एपस्टाइन फाइल्स’ सम्बन्धी मुद्दा प्रभावकारी रूपमा अगाडि नबढाएको र महत्त्वपूर्ण तथ्य सार्वजनिक नगरेको आरोप उनीमाथि लगाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेप...
इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...
रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा
काठमाडौँ । दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्स...
अमेरिकामा नेपालीको भविष्य अन्योलमा, करिब सात हजार नेपाली निर्वासनको जोखिममा
काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन अदालतको पछिल्लो आदेशपछि टीपीएसअन्तर्गत संरक्षण पाउँदै आएका करिब सात हजार नेपाली नागरिकको बसाइँ संकटम...
भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त...


