मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत ६ गतेसम्म हुने तालिका थियो । उक्त सिरिजमा नेपालसहित युएई र ओमान समावेश छन् । उक्त प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि शीघ्र सार्वजनिक गरिने क्यानका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । परिस्थितिको मूल्याङ्कन गर्दै खेल तालिका पुनःनिर्धारण गरिने उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
एनआरएनए अमेरिका बोल्यो : मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन
काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका एनआरएनए अमेरिकाले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि औपचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ । संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी प्रचार गरिएका विवर...
आज दुई खेल- जनकपुर र विराटनगर, सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सु...
विश्वकप फुटबल : सेनेगलमाथि फ्रान्सको शानदार जित, एम्बाप्पे चम्किए
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३,१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्...
एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...
एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा...
जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलमा...



