अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका ३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका ८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।
काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो
काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो ।
<...काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र...
परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु
काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथ...
लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको...



