शुक्रबार, ०५ भदौ २०८३
नेपाली

सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा

Main News Image

काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको हो। सरुवा भएका अधिकृतहरूले आगामी साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था मिलाइएको पनि प्रधान कार्यालयले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम गरिएको सरुवाको विवरण सम्बन्धित कार्यालयहरू तथा राष्ट्रिय किताबखाना प्रहरीमा पठाइसकिएको हो। यस सरुवा अन्तर्गत विभिन्न गण, गुल्म तथा अन्य इकाइमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।


mediabaaji add

सम्बन्धित खबर

यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहि बाँकी भू–भागमा मौस...

तिहारको पाँचौ दिन : आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको...

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् ।...

काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो

काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका...

आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईव...