काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब्य ढंगले सञ्चालन
काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सुरु गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” भब्यताको साथ मनाईरहेको छ ।
२०८२ पुष २६ गतेबाट सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम टाफिक सप्ताहको पुर्वसन्धा पुष २५ गते सवारी दुर्घटनामा घाईते भएकाहरुको रगतको कमिबाट ज्यान नजाओस भनि आयोजना गरिएको रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक नवराज अधिकारीले रक्तदान कार्यको सुरु गरि , प्रहरी कर्मचारी तथा केही नागरिक गरी १३९ जनाले पवित्र कार्य रक्तदान गरी जनको क्षति कम गर्न टेवा पुर्याएको छ ।
ट्राफिक सप्ताहको पहिलो दिन पुष २६ गते नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यमा नेपाल प्रहरीको व्याण्ड,विभिन्न संघ सस्था तथा विभिन्न समुदायबाट बाजागाजा सहित मौलिक पोशाक प्रयोग गरी करीब १० हजार भन्दाबढीको सहभागितामा सचेतना र्याली बसन्तपुर कुमारी घरबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आएर औपचारिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा ट्राफिक सचेतनामुलक नृत्यका साथै कार्यालय पुननिर्माणमा सहयोग पुर्याउनु हुने संघसंस्था र व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरीएको थियो । साताव्यापी गरिएको कार्यक्रममा ५० हजार भन्दा बढी पर्चा पम्पलेट सडक प्रयोगकर्तालाई बाडिएको छ । स्थानिय निकाय, नेपाली सेना,स्थानिय प्रहरी,सशस्त्र प्रहरी,नेपाल स्काउट,एन।सि।सि, विभिन्न स्कुल तथा कलेज र अन्य सरोकारवाला निकायको उल्लेखनिय सहयोगि भुमिकामा सम्पन्न भएको ट्राफिक सप्ताह २०८२ मा ३ लाख ८० हजार भन्दा बढी सडक प्रयोगकर्ता लाभाम्वित हुनुभएको छ । ट्राफिक सप्ताह अवधिभर जनचेतनाकै लागि मेट्रो ट्राफिक एफ।एमबाट ट्राफिक जनचेतनामुलक जिंगल, कार्यक्रमहरु संचालन,सप्ताहको प्रचारप्रसार, दैनिक प्रेस रिलिज,सामाजिक संजालमा कार्यक्रमको संप्रेषण र विभिन्न चोकहरुमा रहेको डिजीटल होडिङ्ग बोर्डमा ट्राफिक जनचेतनामुलक ऐनिमेटेड भिडियो प्रसारण गरिएको थियो ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा प्रत्येक सडक प्रयोगकर्तालाई सचेत बनाउने उद्धेश्यले गरिएको कार्यक्रममा यात्रु तथा पैदलयात्रुको कर्तव्य र सुरक्षित तरिकाले बाटो काट्ने तरिका, सवारी चालक,परिचालकको जिम्मेवारी,ट्राफिक नियम र प्रहरीको महत्वको विषयमा जोड दिइएको थियो ।
छुट्टा छुट्टै चालक,परीचालक र यात्रुसँग २ मिनेट कार्यक्रम,विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम, दुर्घटना न्युनिकरणका लागि सडकमै ट्राफिक सचेतना कार्यक्रम तथा त्चबााष्अ ब्धभचलभकक ध्बपि, सवारी साधनको आवागमनलाई असर पुयाउने सडक छेउको रुख छाटकाट र सडक सरसफाई,पिक एण्ड ड्रपको व्यवस्थापन,चालकहरुसँग चिया कार्यक्रम, चालकहरुको लागि १ दिने निशुल्क आँखा जाँच कार्यक्रम,ट्राफिक लाईट उद्धघाटन,आरक्षण सिट कार्यान्वयन,यात्रुमैत्री ब्यवहार, उचित स्थानमा जेब्रा क्रसिङ्ग र रोड मार्किङ्ग,सवारी साधनको यान्त्रित चेकिङ्ग,शुभयात्रा सहितको शुभकामना कार्यक्रम,सडक फर्निचरको व्यवस्थापन,प्रभातफेरी कार्यक्रम, अन्तरक्रिया एंवम् नागरिक सुनुवाई कार्यक्रम,सवारी दुर्घटनामा मृत्युवरण गर्नुभएकाहरुको सम्झनामा दिप प्रज्जवलन,दुर्घटनामा घाईते भएका तथा घाईतेका आफन्तलाई भेटघाट गरी शिघ्र स्वास्थ्य लाभको कामना,ट्राफिक सचेतनामुलक स्टीकर टाँसीएको हो ।
कार्यक्रमको सप्ताहमा ८ वटा जनचेतनामुलक सांगितिक कार्यक्रम गरिएको थियो । काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू समेतले ट्राफिक सप्ताहको सफलताको लागि प्रत्यक्ष आफै विभिन्न स्थानका कार्यक्रममा उपस्थित समेत हुनुभएको थियो ।
भोलि माघ ३ गते काठमाडौँको ठमेल त्रिदेवी मार्ग संचयकोषको भवन अगाडी २ बजेबाट ख्याती प्राप्त कलाकार,बालकलाकार, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको सचेतनामुलक प्रस्तुती प्रदर्शन हुन गईरहेको छ ।
भब्यताको साथ सफल भएको ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्युनिकरण अभियान २०८२ को समापन भोली पुन, संगठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा विभिन्न सचेतनामुलक प्रस्तुतिबाटै गरिदैछ । २०८२ पुष २६ गतेबाट सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम भोली माघ ३ गते सप्ताहको रुपमा समापन भएतापनि ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण र ब्यवस्थापनको आफनो कार्यलाई उत्तिकै महत्व दिई आफनो कर्तब्यमा लागिरहने प्रतिबद्धता गर्दछ ।
एक्सप्रेस
सम्बन्धित खबर
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
रौतहट । धनुषा घटनापछि वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षा र सामा...
निर्वाचन बिथोल्ने समूह सक्रिय, महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी
काठमाडौँ । काठमाडौंको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रह...
विचौलिया दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार रहेको बेला सदाबहार शक्तिशाली रहेको बिचौलिया दिपक भट्टका व्यवसायिक साझेदार औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व...
पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी...



