बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा केशवलाल माझी र सन्तलाल माझीको ज्यान गएको हो।
खाना खाएर अधेरीस्थित फास्टट्र्याकतर्फ गइरहेका बेला ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । २१ जना सवार ट्याक्टरमा दुई जनाले ज्यान गुमाउँदा १९ जना घाइते भएका छन् । घाइते ६ जनाको हेटौंडा अस्पताल र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !
काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक ग...
शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो
काठमाडौँ । संयुक्त राष्ट्रसंघ युएनले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको संख्या २५ प्रतिशसम्म कटौती गर्दैछ। त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केह...
सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राख...
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
काठमाडौँ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोतखोर टोली खटिएको छ ।
सशस्त्र प्रह...
किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक
काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई किरात समुदायले नयाँ खेतीपातीको सुरुवात र प्रकृतिको आराधना गर्ने वि...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३&nda...



