मङ्गलबार, ०८ वैशाख २०८३
नेपाली

कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित

Main News Image

काठमाडौँ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

वर्षमा दुई प्रमुख पर्यटकीय याम रहने यस क्षेत्रमा पहिलो याम चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म हुने गर्दछ । गत वर्ष पहिलो याममै ७५० विदेशी पर्यटक यहाँ आएका थिए । कञ्चनजङ्घा आधार शिविर पुग्न पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर वा काठमाडौँबाट हवाईमार्गमार्फत सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरिन्छ ।

mediabaaji add

सम्बन्धित खबर

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकल...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैया...

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए, विप्रेषणमा ३५.४ प्रतिशतको वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन असोजमा विप्रेषण रेमिट्यान्स आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बर...

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ। चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको...

अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु मुद्राको भाउ पनि उच्च दरमा वृद्धि

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। सबैजसो मुद्राको भाउ विगत केही दिनदेखि...

सार्वजनिक ऋण पौने २८ खर्ब पुग्यो

काठमाडौँ । कुल गार्हस्थ्य उत्पादन जीडीपीमा सार्वजनिक ऋणको हिस्सा ४७.१३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २८ खर्ब ७८ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिँदा जीडीपीमा यसको अनुपात बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...