स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो
काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छनोट भएको डीएसपीको दोस्रो टोली हो । गत वर्षदेखि प्रहरीका उपल्ला तहमा बढुवा हुने अधिकारीका लागि एमपीएस कोर्स लागू गरिएको हो। २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भई हाल डीएसपी बनेकाहरूले यस वर्ष स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए। कुल ८९ जना डीएसपी सहभागी भएको परीक्षामा १६ जना मात्रै उत्तीर्ण भएका हुन्।
उत्तीर्ण भएकामध्ये डीएसपी विकास बम पहिलो, हरिप्रसाद पौडेल दोस्रो र प्रवीण कार्की तेस्रो स्थानमा रहेका छन्। उत्तीर्ण डीएसपीहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन्। यो कोर्स पास नगर्ने प्रहरी अधिकारी एसएसपीभन्दा माथिको बढुवाका लागि अयोग्य हुने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयले मंसिर २२, २३ र २४ गते एमपीएसका लागि प्रवेश परीक्षा सञ्चालन गरेको थियो। परीक्षाफल आइतबार सार्वजनिक गरिएको हो।
यता, केही डीएसपीहरूले प्रहरीमा स्टाफ कलेज कोर्स लागू गर्नु अनुचित भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...
पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो ।
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...
सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र एनईएमआरसी अन्तर्गतको खानी तथा भूगर्भ विभाग डीएमजीका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास के...
विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...
आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै
काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकप...



