नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अंकले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो ।
आज बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो। परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।
त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर १ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपिय...
दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
नेपाल सु...
बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २...
केराको मूल्यमा ‘बिचौलिया खेल’, न्यूनतम समर्थन मूल्य तोक्न किसानको माग
काठमाडौँ । नेपाल केरा उत्पादक महासंघ ले केराको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले किसानलाई उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था आवश्यक रहेको जनाएको हो । महासंघका अनुसार बजारमा अहिले...
शेयर बजारमा सामान्य सुधार, किन उतार चढाब हुँदैछ ?
काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका छन् ।...



