शुक्रबार, ०१ साउन २०८३
नेपाली

आज शेयर बजार सामान्य अंकले घट्यो, १६ अर्ब ३५ करोड माथिको कारोबार

Main News Image

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भएको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज हिमालयन पावर पार्टनरको सर्वाधिक ६५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


mediabaaji add

सम्बन्धित खबर

किमाथांका अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाइने, लगानी मोडालिटी तय

काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तय भएको छ । निर्माण अवधिको ब्याजसहित अनुमानित लागत ९७ अर्ब ९४ करोड रु...

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्र

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअ...

सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दै, आज प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । 

शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ ह...

बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

सार्वजनिक ऋण पौने २८ खर्ब पुग्यो

काठमाडौँ । कुल गार्हस्थ्य उत्पादन जीडीपीमा सार्वजनिक ऋणको हिस्सा ४७.१३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २८ खर्ब ७८ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिँदा जीडीपीमा यसको अनुपात बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...