आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै
काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा...
लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँ । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साध...
दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति
काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...
दुर्घटनाग्रस्त बुद्ध एयरका परिचारिकाले ढोका खोल्न नदिएको आरोप, के भन्छ एयरलाइन्स ?
काठमाडौँ । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको ह...
रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवा...


