आज ३०.७५ अंकले बढ्यो नेप्से, ९ अर्ब २० करोड माथिको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ । दोस्रोमा युनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको २५ करोड ४८ लाखको सेयर कारोबार भएको छ । यसदिन सामुदायिक लघुवित्त, गुर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी गरी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले ९.९८ प्रतिशत र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् ।
खानीखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आइतबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुन तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोल...
कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?
काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६...
बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिए...
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ। न...



