शनिबार, ०२ साउन २०८३
नेपाली

आज विश्व सहरीकरण दिवस मनाइँदै

Main News Image

काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना गरि यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ। यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो।
सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो।

 

mediabaaji add

सम्बन्धित खबर

बाल दिवसमा १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान

चितवन । विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् । कालिका नगरपालिकाका नौ वट...

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी ९कमलाक्षी० चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्...

अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो माघ ११ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्...

आइतबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने चेतावनी

काठमाडौँ । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका हुन् ।

मेलम्ची ख...

शीतलहर बढेपछि कैलालीका विद्यालय एक हप्ता बन्द

काठमाडौँ । सुदूरपश्चिमको तराई क्षेत्रमा अत्यधिक चिसो र शीतलहर बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरभित्रका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। पुस २४ गतेदेखि माघ २ गतेसम्म पठनपाठन बन्द रहने नगरपालिकाले जनाएको छ।

बाक्ल...