शुक्रबार, ०१ साउन २०८३
नेपाली

आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम

Main News Image

काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए ।  गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो ।

उनका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, “तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।” आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ । 

mediabaaji add

सम्बन्धित खबर

मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...

महाशिवरात्रिः पशुपतिनाथमा सकियो, लाखौँले गरे दर्शन

काठमाडौँ । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुप...

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन...

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मन...

पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको आग्रह

काठमाण्डौँ । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते २३...

आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने

काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । ...