समानुपातिक सूची बुझाउने आज अन्तिम दिन, भोलिदेखि छानबिन शुरु
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया निकै उत्साहका साथ अघि बढिरहेको छ । यसैक्रममा निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० जना उम्मेदवारको बन्दसूची बुझाउने आज सोमबार, पुस १४ गते अन्तिम दिन हो ।
आयोगले हिजो पुस १३ र आज १४ गतेका लागि यो समय सीमा निर्धारण गरेको थियो। आइतबार नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सहित तीन साना दलले मात्र आफ्नो सूची बुझाएका थिए भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरू आज साँझसम्म सूची बुझाउने गरी आन्तरिक गृहकार्य र छलफलमा व्यस्त छन् ।
दलहरूले बुझाउने यो सूचीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम लगायतका क्लस्टरहरूको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ । आज कार्यालय समयभित्र दर्ता भएका यी बन्दसूचीमाथि आयोगले पुस १५ गतेदेखि २० गतेसम्म विस्तृत छानबिन गर्नेछ। यदि कुनै दलको सूचीमा कानुनी प्रक्रिया वा क्लस्टर नमिलेको पाइएमा पुस २१ देखि २७ गतेसम्म सच्याउने मौका दिइनेछ। आयोगले माघ ४ गते बन्दसूचीको प्रारम्भिक प्रकाशन गर्नेछ भने माघ २० गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ।
प्रतिनिधि सभाका २७५ सदस्यमध्ये ११० जना यही समानुपातिक सूचीका आधारमा देशभरबाट प्राप्त कुल सदर मतको अनुपातमा निर्वाचित हुनेछन्।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू...
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रत...
बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन प्रतिवेदन पारित
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदनको मस्यौदा पारित गरेको छ। बिहीबार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्याङ्कन गर्द...
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र १ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् ।
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम म...



