शुक्रबार, ०१ साउन २०८३
नेपाली

जोर्ते उकालोमा टिप्पर दुर्घटना, २५० मिटर तल खस्दा चालकको ज्यान गयो !

Main News Image

पाल्पा । पाल्पाको रिद्धिकोट गाउँपालिका–२ स्थित जोर्ते उकालोमा आज बिहान भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिप्पर सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीका अनुसार दुर्घटना आज बिहान करिब ४ः३० बजे भएको हो। दुर्घटनामा टिप्पर चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार मृतक चालकबाहेक अन्य व्यक्तिको संलग्नता वा थप विवरण हालसम्म खुल्न सकेको छैन। दुर्घटनाको सूचना प्राप्त हुनासाथ हाडथोक र अर्गली प्रहरी चौकीबाट खटिएको टोली घटनास्थलमा पुगेर उद्धार कार्य तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

सञ्चारगृहका गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले छाड्यो

काठमाण्डौँ । विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यस...

शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा

महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना...

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाण्डौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रति...

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति व...

हावाहुरीका कारण कटारीमा २ को मृत्यु, ५ जना घाइते

काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।

बिहेको भोज कटौती गरी गाउँमा बत्ती

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...