आइतबार, २८ भदौ २०८३
नेपाली

नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ

Main News Image

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा ुजेनजीु आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।

पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको सो कार्यालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

मुस्ताङमा नेपाली सेनाको बेस क्याम्प थपियो

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्...

तराईमा नक्कली नोट कारोबारी गिरोह सक्रिय

काठमाडौँ । निर्वाचनको माहोल तातेसँगै तराई क्षेत्रमा नक्कली नेपाली नोट कारोबार गर्ने गिरोह सक्रिय बनेको संकेत देखिएको छ । रौतहट जिल्ला र सर्लाही जिल्ला को सीमाक्षेत्र हुँदै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा आउन थालेपछि सुरक्षा निकायले उच्च सतर्कता...

ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह

काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी...

प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

हेटौँडा । मदिरा सेवन मापसे गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घ...

छ महिनामा इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट नेपाल फिर्ता ल्याइयो

काठमाडौँ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’...

सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै

काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।