सोमबार, २९ भदौ २०८३
नेपाली

तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्‍यो हुलिया

Main News Image

काठमाण्डौँ । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन्धित निकायसँग अपिल गरेको छ । 

पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेमा मन्थली–२ की मृतक तारा तामाङका ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोसी–७ का ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड–६ का २४ वर्षीय विशाल सुनुवार रहेका छन्। नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा खोजी जारी राखे पनि हालसम्म उनीहरू फेला पर्न सकेका छैनन् ।

मंगलबार बिहान करिब १०स्४० बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको बस बेनीघाट नजिकै सडकबाट नदीमा खसेको थियो । दुर्घटनालगत्तै चालकसहित २० जनाको उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको थियो । 

अन्य घाइतेहरूको उपचार भइरहेको छ भने केहीको अवस्था अझै गम्भीर रहेको जनाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ । बेपत्ता यात्रुहरूको खोजीका लागि गोताखोर र सशस्त्र प्रहरीको टोलीलाई पनि सक्रिय बनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया म...

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न आदेश दिएको हो ।

यसअघि गत शुक्रबार नै सर्वोच्चले आयोगका कामकार...

वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्...

साउन १५ मा खिर खाने मौलिक परम्परा, आज आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै

काठमाडौँ । नेपाली समाजमा आज साउन १५ गते प्राचीनकालदेखि चल्दै आएको मौलिक परम्परा अनुसार घरघरमा खिर खाएर मनाइँदै छ । असार १५ मा दही चिउरा खाएझैं साउन १५ मा तातो खिर खाने चलन रहिआएको छ । साउने झरीको समयमा दूधमा गरम मसला हालेर बनाइएको खिरले स्वास्थ्यल...

विश्वभर २५७० औं बुद्ध जयन्ती मनाइँदै : शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण

काठमाडौँ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले...

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।

बिदाइका लागि संस्थानले करिब...