हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए
काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।
स्पेनको सिभिल गार्डका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । बास्क क्षेत्रबाट आएका पर्वतारोहीहरूको समूह करिब २ हजार ७ सय मिटरको उचाइमा रहँदा हिउँको ठूलो ढिक्का फुटेर खसेपछि उनीहरू पहिरोमा पुरिएका थिए। सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानले हिउँको विशाल ढिक्का खसेका कारण यो दुर्घटना भएको जानकारी दिएका छन् ।
उक्त समूहका अन्य तीन जनाको भने सुरक्षित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ
न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओ...
इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसा...
बालेनको निर्देशनपछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन् । प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकाय...
मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।
शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम...
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी
काठमाडौँ । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन् । विभिन्न नदी किनारका सुकुम...
न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा
काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।
प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...



