बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, “दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन ।” जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना
काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका २ मा हेलिकोप्टर दुर्घटना भएको छ । बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर डानेष्टिको नाइन एन एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेल...
मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । आज रातिदेखि बुधबार कात्तिक १२ बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । यो अवधिमा कर्णाली प्रदेशका क...
मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन...
गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
सो मार्गमा...
अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार ५०...
लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच
काठमाण्डौँ । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो...



