प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !
काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
यस्तै, निर्वाचन प्रहरी घाइते भएमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने र सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको काठमाडौं चक्रपथ सुधार आयोजना अन्तर्गत ुकलंकीदेखि वसुन्धरासम्मुको खण्डका लागि आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय सरकारले गरेको छ ।
यस्तै, नेपाल सरकारको प्रतिनिधित्व गर्दै फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमणलाई मन्त्रिपरिषद्ले समर्थन ९अनुमोदन० गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु
विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फ...
मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने चेतावनी
काठमाडौँ । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका हुन् ।
मेलम्ची ख...
बुधबार काठमाडौंमा पानी पर्ने, तीन दिनको मौसम यस्तो छ
काठमाडौँ । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउ...
माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश
काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर...
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को...
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५।८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई...



