विचार र सिद्धान्त नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजे : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् । मंगबार नेकपा काठमाडौं-५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका हुन् ।
विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । यस्ता प्रवृतिको प्रतिबाद गर्नको लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताए। उनले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेको उल्लेख गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
समानुपातिकतर्फ ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मत
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांककअनुसार आज विहान ६ बजे सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२...
एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच रोचक प्रतिस्पर्धा
काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुन...
भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेत एकल सिफारिस
काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। सोही क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
बस्नेत २०७४ सालमा...
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले २०८२ कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मा...
जननिर्वाचित सरकार ढल्नु लोकतन्त्र र संविधान ढल्नु हो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् । नया...
२० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयद्वारा सर्वसाधारणसँग राय र सुझावको आह्वान
काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय, सुझाव माग गरेको छ .
मन्त्रालयले देशमा प्रचलित विभिन्न २० वटा महत्त्वपूर्ण ऐनहरूको संशोधन प्रस्...



