मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग
काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमनमा खटाएको थियो ।
ती टोलीले कीर्तिपुर, कलंकी, कुलेश्वर, सोह्रखुट्टे, नयाँ बसपार्क, बालाजु, भक्तपुर, कोटेश्वर र चक्रपथआसपास क्षेत्रका ग्यास डिलर, वितरक र उद्योगमा समेत पुगेर अनुगमन गरेका छन् । उक्त अनुगमनमा खटिएका सबै टोलीले मागभन्दा न्यून ग्यास आपूर्ति भएको फेला परेको विभागका निर्देशक नरहरि तिवारीले बताए ।
उनका अनुसार मागको एकतिहाइ मात्रै आपूर्ति भएकाले उपभोक्ताले खाजेका वेला ग्यास पाउन समस्या भएको हो । ‘अहिले माग ह्वात्तै बढेको छ, तर बजारमा मागको एकतिहाइ पनि ग्यास आपूर्ति नभइरहेको पायौँ,’ उनले भने, ‘आयात बढाएर आपूर्ति सहज गर्नुको विकल्प छैन ।’ आयल निगमले भने दैनिक औसत मागभन्दा बढी आयात र वितरण भइरहेको दाबी गरेको छ ।
‘आयल निगमले तुरुन्तै अहिलेको मागअनुसार आयात क्षमता वृद्धि गर्नुपर्छ । औसत मागभन्दा बढी आयात भयो भन्ने टालटुले कुरा गरेर आपूर्ति सहज हुँदैन,’ उनले भने, ‘उद्योग र डिलरकहाँ उपभोक्ताको लाइन छ ।’ मुलुकभर दैनिक औसत एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । निगमले माघ लागेयता दैनिक सवा लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात गरिरहेको दाबी गरेको छ । तर, बजारमा आपूर्ति सहज हुन सकिरहेको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य स्थानमा सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौस...
कतारमा भएको विस्फोटमा नेपाली घाइते
काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् । उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...
चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थान...
मौसम पूर्वानुमान : तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना
काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रह...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ...
नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने
काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहद...



