शुक्रबार, ०१ साउन २०८३
नेपाली

मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग

Main News Image

काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमनमा खटाएको थियो ।

ती टोलीले कीर्तिपुर, कलंकी, कुलेश्वर, सोह्रखुट्टे, नयाँ बसपार्क, बालाजु, भक्तपुर, कोटेश्वर र चक्रपथआसपास क्षेत्रका ग्यास डिलर, वितरक र उद्योगमा समेत पुगेर अनुगमन गरेका छन् । उक्त अनुगमनमा खटिएका सबै टोलीले मागभन्दा न्यून ग्यास आपूर्ति भएको फेला परेको विभागका निर्देशक नरहरि तिवारीले बताए ।

उनका अनुसार मागको एकतिहाइ मात्रै आपूर्ति भएकाले उपभोक्ताले खाजेका वेला ग्यास पाउन समस्या भएको हो । ‘अहिले माग ह्वात्तै बढेको छ, तर बजारमा मागको एकतिहाइ पनि ग्यास आपूर्ति नभइरहेको पायौँ,’ उनले भने, ‘आयात बढाएर आपूर्ति सहज गर्नुको विकल्प छैन ।’ आयल निगमले भने दैनिक औसत मागभन्दा बढी आयात र वितरण भइरहेको दाबी गरेको छ ।

 ‘आयल निगमले तुरुन्तै अहिलेको मागअनुसार आयात क्षमता वृद्धि गर्नुपर्छ । औसत मागभन्दा बढी आयात भयो भन्ने टालटुले कुरा गरेर आपूर्ति सहज हुँदैन,’ उनले भने, ‘उद्योग र डिलरकहाँ उपभोक्ताको लाइन छ ।’ मुलुकभर दैनिक औसत एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । निगमले माघ लागेयता दैनिक सवा लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात गरिरहेको दाबी गरेको छ । तर, बजारमा आपूर्ति सहज हुन सकिरहेको छैन ।

mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानमान : आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाड...

नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने

काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहद...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ । काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। उनले भने, ‘उपत्...

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधि...

मौसमा पूर्वानुमान : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिणपश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्...

देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र...