बजारमा ग्यास अभाव हुँदैन : निगम
काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई सामान्य अभाव रहेकामा बरौनीबाट आइतबारदेखि नै ग्यास ढुवानी हुन थालेकाले अभाव नहुने निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको आयात नियमित भइसकेकाले अभाव नहुने जानकारी दिए। उनले सोमबार मात्र बरौनी रिफाइनरी केन्द्रबाट ५० बुलेट लोड भएर हिँडिसकेकाले पनि तत्काल ग्यासको समस्या सामाधान हुने जानकारी दिए ।
सामान्य अवस्थामा बजारमा दैनिक ७० देखि ७५ बुलेट ग्यास खपत हुने गर्छ । बरौनी रिफाइनरीबाट तीन दिनमा नेपाल ग्यास आयात हुने गर्छ । एक साता बरौनी रिफाइनरी मर्मत भई बन्द हुँदा ग्यासको आयात कम हुँदा बजारमा सामान्य अभाव भएको निगमले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शनिबार कुन विदेशी विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र...
फेरि बढ्यो अण्डाको भाउ !
चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत बढेको छ । त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको छ । जसका कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको किसानहरू बताउँछन् । योसँगै शनिबारदेखि लागू हुनेगरी नेपाल...
घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला दुई...
सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । आज चैत ३ गते नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ । सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जान...
यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने
काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते शनिबार नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ ।
उक्त सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक स...
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर साढे तीन प्रतिशतमा सीमित हुने प्रक्षेपण
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कूल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थि...



