मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईंहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म यही गुनको संवाहक बनेर देशलाई तिर्नेछु ।’
आफूमाथि भएको अन्यायको प्रसंग उठाउँदै लामिछानेले व्यक्तिगत पीडाभन्दा देश र पुस्तालाई दिइएको पीडा ठूलो भएको बताए । ‘मलाई डस्ने सर्प मरे कि मरेनन् थाहा भएन, तर उनीहरूले दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन । सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनुपर्छ,’ उनले भने । उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको संघर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।
लामिछानेले चितवनको चौबीसकोटी ऐतिहासिक स्थल भएको उल्लेख गर्दै यहाँबाट देशका लागि न्यायको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता
काठमाडौँ । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ । महान्यायाधिवक्ता कार्यालयको निर...
एमाले नेता भट्टचन हिरासतबाट छुटे
काठमाडौँ । आर्थिक हिनामिनामा मुछिएका नेकपा एमाले नेता देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । भट्टचनलाई अदालतले थुनामा राख्न म्याद नदिएपछि थुनामुक्त भएका हुन । उनलाई अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न छुट दिएक...
महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताएका छन् । वरिष्ठ उपाध्यक...
फागुन २१ अघि महाधिवेशन हुनुपर्छ, म सभापतिमा उम्मेदवारी दिन्छु : गगन थापा
काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आागामी संसदीय निर्वाचनअघि पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते अघि नै पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने ब...
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिनः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना...
ओलीका चुनावी कमाण्डर भन्छन् : हामी घेराबन्दी तोड्छौँ
काठमाडौँ । नेकपा एमालेले चुनाव प्रचार प्रसारलाई आक्रामक रूपमा अघि बढाएको छ । पार्टीले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा पूर्वमन्त्री देवेन्द्र दाहाललाई चुनावी कमान्डर तोकेको छ । झापा ५ निर्वाचन परिचालन कमिटीको संयोजकमा दाहाल, सहस...



