बिहिबार, ३२ असार २०८३
नेपाली

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

Main News Image

काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो ।

द गार्जियनका अनुसार शनिबार जारी सूचनामा भनिएको छ, ‘कोलेक्टिभो भनेर चिनिने सरकार समर्थक मिलिसियाका सशस्त्र सदस्यहरूले सडकमा अवरोध गरेर सवारीसाधन खानतलासी गरिरहेको सूचना आएको छ, ताकि त्यसमा अमेरिकी नागरिक वा अमेरिकाका समर्थक रहेरनरहेको पत्ता लगाउन सकियोस्।’ 

सूचनामा अगाडि भनिएको छ, ‘भेनेजुएलामा अमेरिकी नागरिकले सडकमा यात्रा गर्दा सावधानी अपनाउन जरुरी छ र त्यहाँबाट केही अन्तर्राष्ट्रिय उडान फेरि सुरु हुनासाथ तुरुन्त निस्कन अनुरोध गरिन्छ ।’

mediabaaji add

सम्बन्धित खबर

हर्मुजमा अमेरिकी नाकाबन्दीको असर : इरानले गुमायो झन्डै ५ अर्ब डलर आम्दानी

काठमाण्डौँ । सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज हर्मुज जलडमरूमध्यमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले ठूलो आर्थिक क्षति बेहोरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हालैको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न...

पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना

काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।

यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...

रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा

काठमाडौँ ।  दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्स...

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

काठमाण्डौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सिन्जो आबेलाई २०२२ मा नारा सहरमा आयोजित र्‍यालीका क्रममा गोली हानी हत्या गरिएको थियो ।

बीबीसीका अनुसार उनको हत्या कसुरमा ४५ वर्षीय...

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएक...