बिहिबार, ३२ असार २०८३
नेपाली

इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी

Main News Image

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम चाल्ने सम्भावनालाई दृष्टिगत गर्दै उच्च सैन्य कमाण्डरहरूले पूर्व तयारीका लागि विशेष रणनीतिहरू अघि सारेका हुन् ।

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा स्थल सेना तैनाथ गर्ने विषयमा विचार गरिरहनुभएको भए तापनि कुन निश्चित परिस्थितिमा उनीहरूको प्रयोग गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय भने भइसकेको छैन । संवेदशनशील सैन्य योजना भएकाले यसबारे जानकारी दिने अधिकारीहरूले नाम गोप्य राखेका छन् ।

बिहीबार ओभल अफिसमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफूले तत्काल कतै पनि सेना पठाउन नलागेको बताए। यद्यपि, उनले “यदि सेना पठाउने नै भए पनि आफूले सञ्चारमाध्यमलाई जानकारी नदिने“ स्पष्ट पारे ।

mediabaaji add

सम्बन्धित खबर

हङकङमा रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । एमिरेट्स फ्लाइट ईके ९७८८ विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृतक दुबै विमानभित्रको नभएर विमानस्...

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५०...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम...

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छ...

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...

ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने

काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्ता मुख्य गरी आणविक मुद्दा र इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने विषयमा मात्र केन्द्रित रहनेछ...