शनिबार, ०५ वैशाख २०८३
नेपाली

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य लगातार घट्दा अमेरिकी डलर महँगियो

Main News Image

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ । 

विगत केही दिनदेखि अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य लगातार घट्दै आएको छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा  थियो ।  यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो ।  

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा  थियो । 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा थियो । 

mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा ११ हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने...

अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन

भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...

शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

३३.२७ अंकले बढ्यो शेयर बजार, १० अर्ब माथिको कारोबार

काठमाडौँ । बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ, जुन १.१७ को वृद्धि हो । आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुप...

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपै...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजारले पाए शेयर

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणक...