बिहिबार, ३२ असार २०८३
नेपाली

माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा

Main News Image

काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहमति बनेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

उनका अनुसार, चुनाव चिह्न र सङ्गठनात्मक संरचनाबारे भने अझै छलफल जारी छ । एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ, जसले एकता प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

सुरुवाती चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकबीच एकता गर्ने पहल भए पनि विप्लव समूह पछि हटिसकेको छ। अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी र महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टीबीच एकताको वार्ता निष्कर्षतर्फ बढेको बताइएको छ। एक पदाधिकारीका अनुसार, कात्तिक मसान्तभित्रै एकताको टुङ्गो लाग्ने सम्भावना उच्च छ । प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तोकिएपछि निर्वाचन आयोगमा कात्तिक ३० भित्र दर्ता हुनुपर्ने संवैधानिक व्यवस्थाले पनि यी दलहरूलाई एकताको दिशातर्फ चाँडो बढ्न प्रेरित गरेको हो।

 

mediabaaji add

सम्बन्धित खबर

समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ । बिहीबार आयोगमा आयोजित विशेष समारोहकाबीच आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

समानुपातिक...

पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराही...

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आइतबार आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे । रास्वपाका तर्फबाट कार...

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...

प्रत्यक्षतर्फको मतगणना आज सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने छ । हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाच...

पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता

सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो । सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दि...