उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिए
काठमाडौँ । विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिएका छन् । यसले विश्व फुटबलमा नयाँ शक्तिको उदय र परम्परागत शक्तिहरूको स्खलनलाई स्पष्ट पारेको छ ।
केही घण्टाअघि मात्रै सम्पन्न खेलमा चार पटकको विश्व विजेता जर्मनी, पराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आक्रामक फुटबलका लागि परिचित जर्मनीले पराग्वेको संगठित रक्षापंक्तिलाई तोड्न नसक्दा नतिजा सुम्पिनु पर्यो । समूह चरणदेखि नै लयमा देखिएको जर्मनीको यो हारलाई जारी विश्वकपको सबैभन्दा ठूलो उलटफेरका रूपमा हेरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
एसियन गेम्स क्रिकेट छनोट : फाइनल प्रवेशका लागि आज नेपाल र ओमान भिड्दै
काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान ७स्१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।
<...एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बि...
टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात
कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...
फिफा विश्वकप २०२६ : स्कटल्यान्डमाथि ब्राजिलको सानदार जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक एवं निर्णायक भिडन्तमा बलियो टोली ब्राजिलले स्कटल्यान्डमाथि ३,० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामीस्थित प्रतिष्ठित हार्ड रक स्टेडियममा भएको उक्त खेलमा ब्राजिलले सुरुदेखि नै बलियो...
स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित
काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।
स्कटल्य...



