बिहिबार, ३२ असार २०८३
नेपाली

माघ १५ देखि २५ गतेसम्म दशौं धादिङ महोत्सव हुने

Main News Image

काठमाडौँ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित खुला मञ्चमा सञ्चालन हुने भएको छ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षण तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँको प्रवद्र्धनमा दशौं धादिङ महोत्वस हुन लागेको हो । महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरि महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सवमा धादिङको नीलकण्ठ नगरपालिका–६ मा रहेको भैरवी मन्दिरको प्रचार प्रसार गरिने बताइएको छ । त्यस्तै, एक सय व्यावसायिक स्टल, २० घरेलु तथा साना उद्योगका स्टल र ४० कृषि तथा अन्य उत्पादन स्टल रहने छन् । यसले जिल्लामा उत्पादित कृषि, घरेलु तथा औद्योगिक वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास रहेको धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताए ।

त्यसैगरी, महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति रहने छ । महोत्सव अवधिभर विभिन्न विषय विज्ञ र सरोकारवालाबीच प्रत्यक्ष अन्तरसंवाद, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतिस्पर्धा, सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय कला–संस्कृतिको प्रवद्र्धन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रम, साथै बाल उद्यान र मनोरञ्जनात्मक मेला सञ्चालन गरिने उनले बताए । यसअघि सम्पन्न धादिङ महोत्सवहरूले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय व्यवसायिक वातावरण सुदृढ गर्न सकारात्मक योगदान दिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताए ।


mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको पहिलो  कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...

पोखरामा प्रचण्ड–माधवलाई सडकमा सभा नगर्न व्यवसायीको खबरदारी

पोखरा । पोखराका व्यवसायीले सडकमा सभा गर्दा व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका हुन् । उनीहरूले &ls...

शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

सुनचाँदीको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आइरहेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको...

आज ५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ काय...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो । आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८...