३३.२७ अंकले बढ्यो शेयर बजार, १० अर्ब माथिको कारोबार
काठमाडौँ । बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ, जुन १.१७ को वृद्धि हो । आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको घटेको छ । तीन कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ, जसको कारोबार रकम ५८ करोड ९ लाख रुपैयाँ नाघेको छ । त्यसैगरि नेशनल हाइड्रोपावरको ५७ करोड ११ लाख, रिलायन्स स्पिनिङ मिल्सको ४९ करोड ४१ लाख, सोलु हाइड्रोपावरको ४१ करोड ३२ लाख र रिडी पावरको ३७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
काठमाडौँ । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।
बूढीगण्डकी जलाशययुक्त जलवि...
आज दोहोरो अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ७१ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पाँचौं कारोबार दिन नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैया...
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेक...
नेपाली बजारमा केराको हाहाकार, अभावसँगै मूल्यमा भारी वृद्धि
काठमाडौँ । नेपाली बजारमा हाल केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैध रूपमा भित्रिने केरालाई व्यवसायीहरूले नै बहिष्कार गरेपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा आउने केरा जनस्वास्थ्यका लागि ह...
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ र...



