बिहिबार, ३२ असार २०८३
नेपाली

१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार

Main News Image

काठमाडौँ । बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४५ करोडको भयो ।

१५७ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १३ को स्थिर रह्यो । जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे । व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ तथा अपर लोहोरेखोला जलविद्युतको ४.१५ प्रतिशत मूल्य बढ्यो ।


mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा उच्च वृद्धि, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा २०५ रुपैया...

चुनावको खर्च छुट्टै बैङ्क खाता मार्फत गर्नु पर्ने

काठमाडौँ । उम्मेदवारहरूले अव निर्वाचनताका हुने खर्चको विवरण दुरुस्त राख्नका लागि छुट्टै बैङ्क खाता मार्फत कारोबार गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले निर्वाचन प्रयोजनका लागि बैङ्क खाता खोल्ने प्रबन्ध मिलाउन बैङ्क तथा वित्तीय संस्थालाई निर्द...

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भएको छ । आज २०१ कम्पनीको सेयर म...

बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि

काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २००...

डलर र कुवेती दिनार बलियो बन्दा अरू मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १...

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेल...