शनिबार, ०२ साउन २०८३
नेपाली

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

Main News Image

काठमाडौँ । महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ।  कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इन्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो ।

अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ। समयसमयमा सार्वजनिक कार्यक्रम हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना बनाइएको हो ।

वरिष्ठ इन्जिनियर अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिने छ । यसमाथि घाँस रोपिनेछ। चउरमा छ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी संकलन पिट हुनेछ ।


mediabaaji add

सम्बन्धित खबर

कालिञ्चोक हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले सोमबार यस कम्पनीलाई १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ ह...

सुनको भाउ निरन्तर उकालो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य र...

बिहीबार कुन विदेशी मुद्राको विनिमयर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नो...

नेपाल लाइफको ५० हजार कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो ।

उक्त शेयरको प्रतिकि...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ प...