सबै दलको देश बनाउने नारा, देश चाँहि नरहने अवस्थामा !
रुषा थापा
भक्तपुर । सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल परेको २० महिना भएको छ । २०८१ पmागुन ९ गते मुलुक ग्रे लिस्टमा परेको थियो । ग्रे लिस्टबाट निस्कन अब चार महिनामात्र हामीसँग छ । आउँदो माघभित्र नेपाल ग्रे लिस्टबाट हट्न नसके सम्पत्ति शुद्धिकरणको ब्ल्याकलिस्टमा पर्छ । यसो भए नेपाल सरकारले विदेशी ऋण पाउँछ न अनुदान ।
नेपालीहरु विदेश जान पाउँदैनन् । नेपाली प्रतिनिधि वैदेशिक कार्यक्रममा सहभागी हुन पाउँदैनन् । अर्कोतर्फ, मुलुक गम्भीर संकटतर्फ धकेलिएको छ । हालै रसुवाको भोटकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीमा परेर सयौंको मृत्य हजारौं घाइते र बेपत्ता हुँदा आठ खर्बको भौतिक क्षति पुगेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नै बताएका छन् ।
०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि जनधनको क्षति भएको थियो । ७७ जनाको ज्यान गएको सो आन्दोलनमा सरकारी संरचनामा ८४ अर्ब ७७ करोड ४५ र निजीतर्फ २७ खर्ब बराबरको क्षति पुगेको थियो । आन्दोलनको एक वर्ष हुन लाग्दासमेत पुनःनिर्माण कार्य अझै शुरु भएको छैन । किनकि राज्यलाई स्रोत नै छैन ।
विगतका सरकारले ३२ खर्ब वैदेशिक ऋण लिएका थिए । बालेन्द्र साह (बालेन) नेतृत्व सरकार आएपछि त्यसमा चार खर्ब थपिएको छ । जेनजी आन्दोलनपछि तत्कालिन प्रतिनिधि सभा विघटन गरियो । र, ०८२ फागुन २१ गते निर्वाचन भयो । निर्वाचनमा झण्डै २० अर्ब खर्च भयो । मुलुकभित्रै सरकार ऋणैऋणमा छ ।
निर्माण व्यवसायीको ५६ अर्ब, कोरोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब र दुध तथा उखु किसानको सात अर्ब बक्यौता वर्षौदेखि भुक्तानी भएको छैन । सरकार ऋणको भरमा चलिरहेको छ । जनताले तिरेको कर र रेमिट्यान्स कहाँ गयो ? सर्वसाधारणलाई थाहा छैन । सरकारी उद्योग, सार्वजनिक जग्गा तथा सम्पत्ति बेचेको पैसा पनि छैन ।
तर, यस विषयमा न सर्वसाधारण आवाज उठाउँछन् न त राज्य आफैं खोजीनीति गर्छ । सबैजसो राजनीतिक दलको एउटै नारा रहँदै आएको छ–हामी देश बनाउँछौं । कांग्रेसले देश बनाउँछौं भन्दै ०४६ सालमा पञ्चायत ढालेर बहुदलीय व्यवस्था ल्यायो । देश नै बनाउने भनेर माओवादीले ०५२ फागुन १ गते हतियार उठायो । दश वर्ष चलेको जनयुद्धमा १७ हजारले ज्यान गुमाए ।
हजारौं घाइते भए, हजारौं अझै बेपत्ता छन् । खर्बौको सरकारी सम्पत्ति नष्ट भयो । अन्ततः ०६५ सालमा राजतन्त्रको अन्त्य भयो । त्यसपछि कांग्रेस, एमाले, माओवादी आलैपालो सरकारमा गए । ०८२ भदौ २३ र २४ गते रवि र बालेनको समर्थनमा जेनजीहरुले देश बनाउँछौं भन्दै आन्दोलन गरे । त्यत्रो जनधनको क्षति भयो ।
रास्वपालाई जनताले दुई तिहाईनजिक दिएर सरकारमा पुर्याए । बालेन सरकार गठन भएको पाँच महिना बितेको छ । अनि खोइ त देश बनेको ? बरु देश झन्झन् नाजुक अवस्थामा पुगेको छ । पाँच दशकअघिसम्म खाद्यान्नमा आत्मनिर्भर रहेको हाम्रो देश अहिले विदेशीले खाद्यान्न नदिए नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था छ । देशभित्र युवा छैनन्, युवा सबै विदेशमा छन् । गाउँ रित्तिएको छ ।
बेरोजगारी, गरिब, महँगी लगातार बढिरहेको छ । मुलुक ऋणको दलदलमा फसेको छ । वैदेशिक ऋण र अनुदान नभए मुलुक चल्नसक्ने अवस्था छैन । अनि बन्यो त देश ? सबै दलले त देश बनाउने नै नारा लगाएर थिए होइन र । देश नबनेपनि कर्मचारी, व्यापारी, दलालहरु भने मालमाल बनेका छन् । कामै नगरी कर्मचारीहरु तलबभत्ता खाइरहेका छन् ।
एउटै कर्मचारीको तलब मासिक पदअनुसार ३५ हजारदेखि लाखौं छ । सेवासुविधा अलग्गै । उनीहरु जनताले तिरेको करबाट पोशाक लगाउँछन्, चिल्लो गाडी चढ्छन् । विडम्बना, जनताकै काम गर्दैनन् । सर्वसाधारणसँग रुखो व्यवहार गर्छन्, हेप्छन् । घुस नदिई कर्मचारीहरु काम गर्नै मान्दैनन् । अनि सरकार चाँहि यस्ता घुसिया कर्मचारीहरुको तलब र सेवासुविधा बढाएको बढायै छ । निजामती, शिक्षक, सुरक्षाकर्मी लाखौं छ । बहालवाला र पेन्सनवाला दुवैलाई तलब दिनुपर्छ । उनीहरुको तलबभत्ता, सेवासुविधा, पोशाक, गाडी र पेन्सनमा मासिक अर्बौ रकम खर्च हुन्छ । करार, ज्यालादारी, अस्थायी कर्मचारी पनि लाखौंको संख्यामा छन् । उनीहरुले पेन्सनबाहेक सबै सेवासुविधा पाउँछन् । यस्तै, जनप्रतिनिधि ३८ हजार छन् ।
उनीहरुको तलब मासिक पदअनुसार ५० हजारदेखि लाखौं छ । देशभरका जेलमा ३२ हजार कैदीबन्दी छन् । उनीहरुलाई बिहानबेलुका खाना खुवाउनुपर्छ । दैनिक ८० रुपैयाँ भत्ता दिइन्छ त बिरामी हुँदा उपचार गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता बुझ्ने ४२ लाख छन् । उनीहरुले मासिक चार हजार रुपैयाँ बुझ्छन् ।
सरकारी खर्च जताततै छ, राज्यको खर्ब दैनिक अर्बौ हुने गरेको छ । तर, आम्दानी चाँहि केही छैन, शून्य बराबर । अहिलेसम्म वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सको भरमा मुलुक चलिरहेको छ । नेपाल ब्ल्याकलिस्टमा परेमा त्यो बाटो पनि बन्द हुनेछ । तब मुलुक गम्भीर आर्थिक संकटमा धकेलिनेछ । किनकि हामी खाद्यान्नसमेत विदेशीसँग किनेर खान्छौं ।
अनि खाद्यान्न किन्ने पैसा नै नभएपछि भोकमारी त पक्कै पनि शुरु हुन्छ नै । सरकारले राजस्वको स्रोत घरजग्गा, गाडी र सेयरलाई मात्र बनायो । दलाल, भूमाफियाहरुले कृत्रिम रुपमा बढाएको मूल्यलाई सर्वसाधारणदेखि राज्यसम्मले विश्वास गर्यो । लहैलहैमा लागेर भनेजति मूल्यमा आम नागरिकले घरजग्गा, गाडी, सेयर किने त सरकारले पनि यस्ता विलासित वस्तुमा लगानी खुकुलो बनाइदियो । परिणाम आज हामीसामु छ ।
घरजग्गा, गाडी र सेयरको मूल्य लगातार घटिरहँदासमेत किन्ने कोही छैनन् । यी वस्तुमा लगानी गर्दा करोडौं सर्वसाधारण डुबेका छन् । ऋणमा फसेका छन् । घरजग्गा, गाडी र सेयर किन्दा वा यी वस्त धितो राखेर लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाख, सहकारीबाट ६३ लाखले ऋण लिएका छन् । मीटरब्याजमा कर्जा लिने पनि लाखौं छन् ।
अहिले उनीहरुको रुवाबासी चलिरहेको छ भने पाँच लाख बढी सर्वसाधारण कालोसूचीमै परिसके । अर्कोतर्फ, मुलुकको अर्थतन्त्रसमेत संकटमा परेको छ । यद्यपि, अझैपनि सरकारको आँखा खुलेको देखिन्न । अहिलेपनि घरजग्गा, गाडी र सेयर कारोबार बढ्छ र राजस्व बढ्छ भनेर सरकार पर्खेर बसिरहेको छ । तर, अब यो सम्भव छैन ।
त्यसैले, अब सरकारले खर्ब कटौती गर्नुपर्छ । कर्मचारी, जनप्रतिनिधिको तलब र सेवासुविधा कटौती गर्नुपर्छ । करार कर्मचारी हटाउनुपर्छ । नजिक रहेका एउटै प्रकृतिका कार्यालय गाभ्नुपर्छ । वैदेशिक ऋण मिनाहाका निम्ति पत्र लेख्नुपर्छ । देशभित्रै राजस्वको स्रोत खोज्नुपर्छ । नत्र जसरी भोटेकोशी नदीले जनधन बगायो, त्यसरी नै वैदेशिक ऋण र सरकारी खर्चले नेपाललाई ध्वस्त पार्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
काठमाडौँ फागुन १८। रङहरूको पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
‘राजनीति अयोग्यहरूको गुटले खेल्ने खेल हो ‘- सुरेश आचार्य (समाजसेवी)
काठमाडौँ । धादिङ जिल्लाको धुनिबेसी नगरपालिका ६ ,मा वि सं२०२९ मा जन्मनुभएका सुरेश आचार्य सानै उमेरदेखि राजनीतिप्रति सचेत हुनुहुन्छ । किशोर अवस्थामा विभिन्न सामाजिक कामहरूमा अग्रसर रहेर पछ...
वित्तिय पीडितहरु महिनौंदेखि सडकमा, सरकार भने दुर्गा प्रसाईंतिर व्यस्त !
रुषा थापा_____
भक्तपुर । लघुवित्त पीडितहरुको आन्दोलन जारी छ । महिनौंदेखि उनीहरु राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायमा धर्ना दिइरहेका छन् । उनीहरुको पीडा सहिनसक्नु छ । जायजेथा सबै गुमाएपछि उनीहरु सडकमा उत्रिएका हुन् । विडम्बना, सरकार...
भोगीको दार्शनिक पथ ! भोग दर्शन !
© निर्मल पुरी 'भोगी'
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...
‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी
मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रील...
भूमिमन्त्रीलाई प्रश्नः कौडीको भाउमा लिजमा दिइएका सम्झौता खारेजी र अतिक्रमित सरकारी जग्गा कहिले फिर्ता ल्याउने ?
रुषा थापा___________
भक्तपुर । विगतका सरकारको पालामा थुप्रै सरकारी जग्गा व्यक्तिका नाममा गएको वा कब्जा भएको पाइन्छ । राजनीतिक पहुँचमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कारखाना, राजपरिवारलगायतका जग्गा कब्जा गरिनुका साथै...



