रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीचको एकतामा हस्ताक्षर आज हुने भएको छ । शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले शनिबारका लागि सरेको सहमतिको कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए ।
‘दुई नेता बीचको सहमतिमा शनिबार हस्ताक्षर हुन्छ’ खनालले भने,’त्यसको केहीदिन पछि घोषणा सभा हुन्छ । अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् । सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ । रवि रास्वपाको सभापति रहने छन् ।
सहमतिको लागि काम गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेन हुनेछन् । बालेनले रास्वपामा कुनै पनि सांगठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधिलाई कसरी समेट्ने भनेर चासो व्यक्त्त गरिरहेका छन् ।
अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन । रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा।स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
योगेश भट्टराई भन्छन्_एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् । संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतल...
ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुन...
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजे...
कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल स...
कांग्रेस कास्की-३ बाट प्रत्यक्षतर्फ १२ सहित २२ जनाको नाम सिफारिस
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ ले उम्मेद्वार सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फक...



