नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः अवरोधमा उत्रिएका छन् । हाल जारी १५ दिने सूचनासँगै सडक डिभिजन कार्यालयले २५,२५ गजकै मापदण्डअनुसार बजार क्षेत्रका संरचना हटाउनुपर्ने स्पष्ट पारिएको छ। टास्कफोर्समार्फत नापजाँच र रेखांकित कार्य तीव्र रूपमा अघि बढाइँदैछ। यसले व्यावसायिक क्षेत्रका सयौँ संरचना प्रभावित हुने अनुमान छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले यो सडक विस्तार योजना एडीबी योजना अन्तर्गत रहेको र विवाद लामो समयदेखि रहेकाले यसको हल चाँडोभन्दा चाँडो खोज्नु पर्ने बताएकी छन् । ‘सीमरा र भरतपुरबाट सडक बनेर आइसक्यो । हेटौंडामा टेन्डर लाग्ने भएसँग मापदण्डअनुसार बजार खाली गर्न धेरै पटक प्रयास गरियो । तर, अवरोध छ। कति जनाले मुआब्जासमेत पाइसकेका छन् । उनीहरूले सडक विस्तार गर्दा सहज गर्छौं भनेर पत्रसमेत दिइसक्नु भएको छ । यस्तो अवस्थामा विवादको कुनै तुक छैन,’ उनले भनिन् ।
केही दिन पहिले अवलोकनका लागि हेटौंडा पुगेका भौतिक पूर्वाधार तथा योजना विकास मन्त्री कुलमान घिसिङले आएर टेन्डर आह्वान गर्दै २५ मिटर खाली गराउन निर्देशन दिएको थिए । ‘यस विषयमा अदालतले सडक विस्तारका क्रममा कुनै पनि मुद्दा नलाग्ने फैसला गरिसकेको छ। कानुनी रुपमा बाटो प्रस्ट भइसकेको, मुआब्जा पाउनेहरूले पाइसक्नु भएको अवस्था छ । मन्त्रीज्यूको निर्देशन अनुसार उपमहानगरपालिकाको नगरसभाले विस्तारमा सहयोग गर्ने निर्णय गरिसकेको छ,’ मेयर लामाले भनिन् ।
उनीहरूले विभिन्न बहाना गर्दै सडक विस्तारमा अवरोध गरेको स्थानीयले गुनासो गरेका छन् । ‘आफूहरुकोसमेत घर भत्काउनु पर्नेभएपछि विभिन्न बहानामा विवाद गर्नुहुन्छ, उहाँहरुकै कारण अहिले सडक विस्तारमा अवरोध भएको छ,’ एक स्थानीयले भने । पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हालका उपमेयर राजेश बाँनिया, व्यवसायी अजय सुमार्गी लगायतको घर सडकमा पर्ने भएसँगै बढी अवरोध सिर्जना भइरहेको स्थानीयको दुखेसो छ। अव्यवस्थित सडकका कारण सवारी चाप बढ्दो रहेको र यसले सहरको सुन्दरतामा ह्रास ल्याएको उनीहरूको भनाइ छ ।
पूर्व मुख्यमन्त्री, वर्तमान उपमेयर र चर्चित व्यापारी सुमार्गीले आफ्ना घर आफैं भत्काएर सडक चौडा गर्न अन्य जनतालाई प्रेरणा दिनुपर्नेमा उनीहरुले नै विभिन्न नाममा सडक विस्तारमा अवरोध गर्न थालेको स्थानीयको आरोप छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ।
बालश्रम विरुद्धआ...
मकवानपुरबाट काठमाडौँ आउदै गरेको गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाण्डौँ । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्...
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...
एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...
उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७...
हातहतियारको होडबाजी विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७...



