शनिबार, ०२ साउन २०८३
नेपाली

नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना

Main News Image

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः अवरोधमा उत्रिएका छन् । हाल जारी १५ दिने सूचनासँगै सडक डिभिजन कार्यालयले २५,२५ गजकै मापदण्डअनुसार बजार क्षेत्रका संरचना हटाउनुपर्ने स्पष्ट पारिएको छ। टास्कफोर्समार्फत नापजाँच र रेखांकित कार्य तीव्र रूपमा अघि बढाइँदैछ। यसले व्यावसायिक क्षेत्रका सयौँ संरचना प्रभावित हुने अनुमान छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले यो सडक विस्तार योजना एडीबी योजना अन्तर्गत रहेको र विवाद लामो समयदेखि रहेकाले यसको हल चाँडोभन्दा चाँडो खोज्नु पर्ने बताएकी छन् । ‘सीमरा र भरतपुरबाट सडक बनेर आइसक्यो । हेटौंडामा टेन्डर लाग्ने भएसँग मापदण्डअनुसार बजार खाली गर्न धेरै पटक प्रयास गरियो । तर, अवरोध छ। कति जनाले मुआब्जासमेत पाइसकेका छन् । उनीहरूले सडक विस्तार गर्दा सहज गर्छौं भनेर पत्रसमेत दिइसक्नु भएको छ । यस्तो अवस्थामा विवादको कुनै तुक छैन,’ उनले भनिन् ।

केही दिन पहिले अवलोकनका लागि हेटौंडा पुगेका भौतिक पूर्वाधार तथा योजना विकास मन्त्री कुलमान घिसिङले आएर टेन्डर आह्वान गर्दै २५ मिटर खाली गराउन निर्देशन दिएको थिए । ‘यस विषयमा अदालतले सडक विस्तारका क्रममा कुनै पनि मुद्दा नलाग्ने फैसला गरिसकेको छ। कानुनी रुपमा बाटो प्रस्ट भइसकेको, मुआब्जा पाउनेहरूले पाइसक्नु भएको अवस्था छ । मन्त्रीज्यूको निर्देशन अनुसार उपमहानगरपालिकाको नगरसभाले विस्तारमा सहयोग गर्ने निर्णय गरिसकेको छ,’ मेयर लामाले भनिन् ।

उनीहरूले विभिन्न बहाना गर्दै सडक विस्तारमा अवरोध गरेको स्थानीयले गुनासो गरेका छन् ।  ‘आफूहरुकोसमेत घर भत्काउनु पर्नेभएपछि विभिन्न बहानामा विवाद गर्नुहुन्छ, उहाँहरुकै कारण अहिले सडक विस्तारमा अवरोध भएको छ,’ एक स्थानीयले भने । पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हालका उपमेयर राजेश बाँनिया, व्यवसायी अजय सुमार्गी लगायतको घर सडकमा पर्ने भएसँगै बढी अवरोध सिर्जना भइरहेको स्थानीयको दुखेसो छ। अव्यवस्थित सडकका कारण सवारी चाप बढ्दो रहेको र यसले सहरको सुन्दरतामा ह्रास ल्याएको उनीहरूको भनाइ छ ।

पूर्व मुख्यमन्त्री, वर्तमान उपमेयर र चर्चित व्यापारी सुमार्गीले आफ्ना घर आफैं भत्काएर सडक चौडा गर्न अन्य जनतालाई प्रेरणा दिनुपर्नेमा उनीहरुले नै विभिन्न नाममा सडक विस्तारमा अवरोध गर्न थालेको स्थानीयको आरोप छ ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल र साउदीबीच श्रम सम्झौता

काठमाडौँ । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो ।

<...

अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेक...

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साध...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त...

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसंघमा शुक्रबार ध्यानसम्बन्धी अलग(अलग दुई कार्यक्रम...

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र...