शनिबार, ०२ साउन २०८३
नेपाली

बुझाइयो कार्की आयोगको प्रतिवेदन, कस-कसलाई भयो कारबाहीको सिफारिस ?

Main News Image

काठमाडौँ । बहुप्रतिक्षित कार्काी आयोगको प्रतिवेदन सरकारलाई बुझाइएको छ । भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर प्रतिवेदन बुझाउने क्रममा आयोगका पदाधिकारीहरू उपस्थित थिए ।

भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले आयोग गठन गरेको थियो। आयोगलाई प्रारम्भमा एक महिना, त्यसपछि २० दिन र तेस्रो पटक २५ दिन म्याद थप गरिएको थियो। अन्तिम थपिएको म्याद सकिन एक दिनअघि आयोगले प्रतिवेदन बुझाएको हो।

असोज ५ गते गठन गरिएको तीन सदस्यीय आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका थिए। आयोगका अन्य सदस्यमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका थिए ।

भदौ अन्तिम सातामा दुई दिन चलेको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका थिए। सरकारी प्रतिवेदन अनुसार ती घटनामा करिब ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको अनुमान गरिएको छ ।


 

mediabaaji add

सम्बन्धित खबर

पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने

काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्...

मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती,गण्डकी र लुम्बिनी...

पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, पहाडी भेगमा मौसम सफा रहने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । अहिले हिमाली भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । यतिबेला तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान म...

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।

आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...