जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले आइतबार बिहान ११ बजे सरकारलाई प्रतिवेदन बुझाउने समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । आयोगको कार्यावधि पनि आइतबार नै सकिने भएकाले आजै प्रतिवेदन बुझाउन लागिएको हो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो । आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका तथा समग्र घटनाक्रमको अध्ययन गर्न आयोगलाई जिम्मेवारी दिइएको थियो । यस विषयमा आगामी मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्नेबारे निर्णय गर्न सक्ने बताइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जनताको घर भत्काउने सरकारी कदम विरुद्ध एकजुट हुन हर्क साम्पाङको आह्वान
हेटौंडा। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हर्कराज राई साम्पाङले जनतालाई घरबारविहीन बनाउने कार्यको आफू सदैव विरुद्धमा रहेको बताएका छन्।
चितवन जाने क्रममा हेटौंडा–११ स्थित थानाभर्...
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् । बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह ग...
भदौ २३ र २४ को घटनाका दोषीलाई कारवाही गर्न जेन-जी टु को माग
काठमाडौँ । जेनजी युवाको एक समूहले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको छ । आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा...
सिन्धुपाल्चोक क्षेत्र नं १ मा रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित भएका छन् । उनले २४ हजार ४ सय १२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकप...
एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी
काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीको जारी ११औँ महाधिवेशनम...
हरिबोलमाथिको कारबाही फिर्ता नगरिए नेकपा बचाउन गाह्रो हुने झलनाथको चेतावनी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली २ मा पार्टीको आधिकारिक उम्मेदव...



