बुधबार, ३१ असार २०८३
नेपाली

वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल

Main News Image

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् । नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ। असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाहीहरु स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्,’ उनले भने ।

बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र १ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् ।

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घका पद...

जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाउने घोषणा गरेका छन् । मन्त्रालयमा पदभार सम्हाल्दै उनले यस विषयमा अध्ययन गरी ठोस सिफारिस गर्न एक विशेष क...

गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमनमाथि कांग्रेसको कडा आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले वर्तमान सरकारले चालेका कदमहरू सुशासनको नारा र सिद्धान्तसँग मेल नखाने खालको रहेको भन्दै गम्भीर आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खड्काले बहालवाला गृहमन्...

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको भावना र मर्मअनुसार जनआकांक्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्...

एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उ...