शुक्रबार, ०१ साउन २०८३
नेपाली

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

Main News Image

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् ।

ओलीले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए। त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ ।’ उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे ।

mediabaaji add

सम्बन्धित खबर

कुलमानले गरे विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पुर्‍याएको काभ्रेपलान्चोकको रोशी गाउँपालिका र न...

समाजवाद पक्षधरलाई विप्लवले काठमाडौं बोलाए

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता र समाजवाद पक्षधरलाई कात्तिक २० गतेका लागि काठमाडौं बोलाएका छन्। विप्लवले कात्तिक २० गते काठमाडौंमा बृहत आमसभाको आयोजना गर्ने र त्यसका लागि समाजवाद पक्षधरलाई काठमाडौ...

जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरि नेपाल सरकार मन्त्रिपरिषद्ले...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १...

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ । नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक आगामी सोमबार गुण्डुमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तया...