शुक्रबार, ०१ साउन २०८३
नेपाली

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

Main News Image

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सार्वजनिक गरेको दररेट अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन आइतबार यही सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ हजार २६५ रुपैयाँ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रहेको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको आधारमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।


mediabaaji add

सम्बन्धित खबर

भ्रष्टाचार सूचकांकमा नेपाल स्थिर, लगातार दोस्रो वर्ष ३४ अंकमै सीमित

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल टिआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ । गत वर्ष जस्तै अंक कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत...

सोफा हब काठमाडौँबाट सोफा किन्ने १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौँले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।

 

 

समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिह...

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको ह...

घरजग्गा कारोबारमा कडाइ, तीन करोडमाथिको लेनदेन अब एजेन्सीमार्फत मात्रै

काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार...

कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको कछुवा गति : ८ महिनामा विकास खर्च २० प्रतिशत मुनि

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई चौमासिक अवधि पार गरिसक्दा पनि बजेट कार्यान्वयनमा उत्साहजनक नतिजा देखाउन सकेको छैन । आर्थिक वर्ष २०८१,८२ को ८ महिना फागुन मसान्त बितिसक्दा प्रदेशको विकास बजेट खर्चको अवस्था अत्यन्तै निराशाजनक...

लमजुङबाट २४ करोडको अलैँची बिक्री

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अ...